राजा र गणतन्त्रवादी अटाउने मौलिक व्यवस्था निर्माण गराैँ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, २६ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताउनुभएको छ । राप्रपाले आज काठमाण्डौको बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले राजादेखि गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

राजा अभिभावक र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने उहाँको माग गरेको छ । राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्रपाका नेताहरूले यसअघि राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनालाई लिएर रविन्द्र मिश्र, धवलशमसेर राणालगायतका नेताहरूलाई झुटा मुद्दा लगाइएको राप्रपाकाे दाबी छ ।

यसअघि तीनकुनेमा दुर्गा प्रसाईंकाे नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले आज बल्खुमा उच्च सतर्कता अपनाएको छ । यस्तै बल्खु आसपासका व्यवसायीहरूले आफ्‌नो पसल बन्द गरेका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा