आउँदाे नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्रीलाई एमालेकाे सुझावपत्र

काठमाडौं, ३ वैशाख : आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विषयगत सुझावहरू बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गर्नुभएको हो ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यस बेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिइएको महासचिव पोखरेलले अवगत गराउनुभयो । उहाँले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनमा आउन बाँकी रहेकोबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो ।

ओलीले एमालेले दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस