अमेरिकी राष्ट्रपति ट्रम्प र इटालीका प्रधानमन्त्री मेलोनीबीच भेटवार्ता

काठमाडौं, ५ वैशाख : इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुभएको छ । भेटका क्रममा जर्जिया मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुराकानी गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले भने व्यापार सम्झौता निश्चित र निष्पक्ष हुने बताउनुभएको छ । सम्झौतामा पुग्ने कुरामा मेलोनी पनि आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ । यही अप्रिलको शुरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरूमा पारस्परिक शुल्क लगाएकामा चीनबाहेक सबै देशहरूलाई ९० दिनको अस्थायी छुट दिँदै पारस्परिक भन्सारलाई समान रूपमा १० प्रतिशतमा घटाउनु भएको छ ।

ट्रम्पले युरोपेली सङ्घबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाएपछि र त्यसपछि ९० दिनको लागि निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस