काठमाडौं, ५ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
समान खेलमा समान अङ्क रहेको पन्जाब रनरेटका आधारमा चौथो स्थानमा छ । यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई चार विकेटले हराएको थियो । आईपीएलमा १० अङ्क रहेको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।





