भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा

काठमाडौं, ९ वैशाख : भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउनुभएको मन्त्री खट्टरलाई ऊर्जा मन्त्रालय र काठमाण्डौको भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् । गएको वर्ष माघमा भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेशनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सबस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

यस्तै दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन इन्डियाबीच दुई अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि समझदारीपत्रमा पनि हस्ताक्षर हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस