आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र राजस्थान खेल्दै

काठमाडौं, ११ वैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुने छ । बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

राजस्थान समान ८ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ । आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल ३३ खेल भएकोमा बेङ्गलुरुले १६ र राजस्थानले १४ खेल जितेको छ । तीन वटा खेल अनिर्णित भएका छन् । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय