सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने माओवादीको निर्णय

काठमाडौं, ११ वैशाख : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने निर्णय गरेको छ । केन्द्रको आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

साथै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गरिरहेका शिक्षकहरूका माग सम्बोधनका लागि पहल गर्न आवश्यक सहकार्य गर्ने, सङ्घीयता कार्यान्वयनमा पहलकदमी लिनेलगायतका निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा