राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

काठमाडौं, १४ वैशाख : नेपाल हक्की सङ्घको आयोजनामा आउँदो बुधवार वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता शुरू हुने भएको छ । १७ गतेदेखि २६ गतेसम्म पुरुषतर्फको र १८ गतेदेखि २६ गतेसम्म महिलातर्फको प्रतियोगिता हुने सङ्घले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हाे ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ वटा टोली सहभागी हुनेछन् । दुवै प्रतियोगिता ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ ।

पुरुष र महिला दुवैतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा