क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

काठमाडौं, १४ वैशाख : क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अन्य थुप्रै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । तर अहिलेसम्म ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या प्राप्त भएको छैन । प्रहरीले अनुसन्धान अघि बढिरहेको र थप जानकारी दिने बताएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ ‘भयानक घटना’ बाट ‘निराश’ भएको बताउनुभएको छ । यसैबीच प्रहरीले कारका चालक ब्रिटिश कोलम्बिया शहरका ३० वर्षीय पुरुषलाई हिरासतमा लिएको छ । घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देख्न सकिन्छ ।

यस्तै भीडमा जोतिएको कारको अगाडिको भाग कुच्चिएको छ र त्यो कार घटनास्थल नजिकै रोकिएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा