२ पटकका ग्रान्ड स्लाम विजेता पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध

काठमाडौं, १६ वैशाख :  अस्ट्रेलियाका दुई पटकका ग्रान्ड स्लाम विजेता म्याक्स पर्सेललाई डोपिङको आरोपमा १८ महिनाको प्रतिबन्ध लगाइएको छ । सन् २०२४ को डिसेम्बरमा अस्थायी रूपमा निलम्बनमा परेका पर्सेलले सन् २०२३ को डिसेम्बर १६ र २० मा ५०० मिलिमिटरभन्दा बढी भिटामिनको इन्फ्युजन प्राप्त गरेको स्वीकारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ मा विम्बल्डन र २०२४ को यूएस ओपनमा प्रमुख उपाधि जितेका २७ वर्षीय पर्सेलले प्रतिबन्धित पदार्थका लागि सकारात्मक परीक्षण भने नगरेका खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आईटीआईए) का अनुसार विश्व एन्टी–डोपिङ कोड र टीएडीपी अन्तर्गत भिटामिनको सीमा १२ घण्टाको अवधिमा १०० मिलिलिटर हो । अब पर्सेलको प्रतिबन्ध सन् २०२६ को जुन ११ मा समाप्त हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा