अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ज पदमुक्त, राष्ट्रसङ्घीय दूतमा नियुक्त गर्ने तयारी

काठमाडौं, १९ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाउनुभएको छ । उहाँलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गर्ने तयारी छ । राष्ट्रपति ट्रम्पले वाल्जलाई उहाँको कामका लागि प्रशंसासहित धन्यवाद दिँदै उहाँको ठाउँमा अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

५० वर्षा पहिले हेरी कसिङ्गरको पालापछि विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार दुवै जिम्मेवारी सम्हाल्ने रुबियो पहिलो व्यक्ति हुनुभएको छ । वाल्ज भने यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित हुनुभएको थियो । फ्लोरिडाका पूर्व कांग्रेस सदस्य वाल्ज ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसबाट हट्ने पहिलो व्यक्ति हुनुभएको छ ।

वाल्जलाई संसद्ले अनुमोदन गर्ने क्रममा सङ्घर्ष गर्नुपर्ने अवस्था देखेर ट्रम्पले सम्मानजनक ढङ्गले पहिले नै बिदाइ गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले यसअघि नै राष्ट्र सङ्घको दूतमा एलिस स्टेफानेकलाई चयन गर्ने निर्णय गरे पनि त्यस निर्णयबाट फिर्ता भएकाले यो पद खाली छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा