पश्चिमी क्षेत्रमा बिहानैदेखि हल्का वर्षा, केही दिनसम्म देशभर पानी पर्ने

काठमाडौं, १९ वैशाख : पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमी क्षेत्रका धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोजस्तै आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी भू–भागका केही ठाउँमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी , गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले केही दिनसम्म काठमाण्डौ उपत्यकासहित देशैभरि हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय रहने मौसमविद अधिकारीले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा