विश्वकै सफल लगानीकर्ता बफेटले बर्कशायर हैथवेको सीईओ पदबाट राजीनामा दिने

काठमाडौं, २१ वैशाख : विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर सुम्पिने बताउनुभएको बीबीसीले जनाएको छ । विफल टेक्सटाइल कम्पनीबाट शुरु भएको बर्कशायर हैथवेलाई बफेटले एक ठूलो लगानी कम्पनीमा रूपान्तरण गर्नुभएको हो ।

जसको अहिलेको मूल्य झन्डै एक दशमलव १६ ट्रिलियन डलर रहेको छ । कम्पनीले गेको, ड्यूरासेल, डेयरी क्वीनलगायत ६० भन्दा बढी कम्पनीको स्वामित्व राखेको छ, साथै एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा ठूलो लगानी छ । ब्लूमबर्गका अनुसार, बफेटको सम्पत्ति अहिले एक सय ५४ अर्ब डलर रहेको छ, जसका आधारमा उहाँ विश्वकै चौथो धनी व्यक्ति हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा