देशका विभिन्न ठाउँमा झरी

काठमाडौं, २१ वैशाख : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा झरी परेको छ । पछिल्लो एक घण्टामा सर्लाहीमा १२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरजसो पानी पर्ने र रोकिने क्रम चलिरहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधरणतया बदली नै रहनेछ । देशका हिमाली भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम भोलि र पर्सिसम्म नै रहने महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस