शेयर बजार साढे १२ अङ्कले घट्याे, फाइनान्स समूह ३.३८ प्रतिशतले ओरालाे लाग्याे

काठमाडौं, २८ वैशाख : हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६ सय ४९ दशमलव ११ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका २ करोड ४० लाख कित्ता शेयर १० अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

शेयर बजार साढे १२ अङ्कले घट्याे, फाइनान्स समूह ३.३८ प्रतिशतले ओरालाे लाग्याे

पृथ्वीको कक्षमा घुमिरहेको सोभियतकालीन अन्तरिक्षयान ५ दशकपछि पृथ्वीमा फर्कियो

युद्धविरामपछि यही महिना आईपीएल फेरि शुरू गर्ने बीसीसीआईको लक्ष्य