जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

काठमाडौं, ३१ वैशाख : दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही परिवारले यातायातमन्त्री पार्क साङ्ग वू र जेजु एअरका सीईओ किम ई–बेसहित १५ जनाविरुद्ध व्यावसायिक लापर्बाहीको आरोपमा उजुरी दर्ता गरेका बीबीसीले जनाएको छ ।

एक सय ८१ जना सवार रहेको विमान दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो । पीडित परिवारहरूले त्यो दुर्घटना साधारण नभएको तर रोकथाम गर्न सकिने जोखिमहरूको व्यवस्थापनामा लापर्बाही गरेका कारण ठूलो नागरिक विपत्ति भएको आरोप लगाएका खबरमा उल्लेख छ । झन्डै पाँच महिना बितिसक्दा पनि अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त हुनु र त्यसपछि आगो लाग्नुको कारण के हुन सक्छ भन्नेबारेमा अध्ययन गरिरहेका छन् । यो पछिल्लो उजुरी दर्ता हुनुभन्दा पहिले नै प्रहरीले आपराधिक अनुसन्धान शुरू गरिसकेको थियो र जेजु एअरका सीईओलाई देश छोड्न प्रतिबन्ध लगाएको थियो तर घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

उजुरीमा नाम उल्लेख गरिएका १५ जनामध्ये निर्माण, सुपरिवेक्षण, सुविधा व्यवस्थापन र चरा नियन्त्रणका लागि जिम्मेवार सरकारी अधिकारी, एअरलाइन्सका अधिकारी र विमानस्थलका कर्मचारीहरू छन् । गएको डिसेम्बर २९ मा जेजु एअरको बोइङ ७३७–८०० विमान थाइल्यान्डको राजधानी बैंककबाट दक्षिण कोरियाको मुआनका लागि उडेको थियो । यो विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । यस वर्षको शुरूमा अनुसन्धानकर्ताहरूले विमानको दुवै इन्जिनमा चराको प्वाँख फेला पारेको बताएका थिए तर चरा ठोक्किनु दुर्घटनाका लागि कति हदसम्म योगदान पुर्‍याउने कारक थियो भन्ने निष्कर्ष निकालेका थिएनन् ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने