महिला टी–२० विश्वकप एशिया छनोटमा आज बहराइन र हङकङ खेल्दै

काठमाडौं, २ जेष्ठ : आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा समूह चरणको अन्तिम खेलमा आज बहराइन र हङकङ खेल्दैछन् । बैंककमा रहेको एआईटी मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने/नपुग्ने टुङ्गो लाग्नेछ ।

यो खेल हङकङले हार्‍यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ । यसअघि हिजोको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको थियो । योसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ ।

यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

संबन्धित शिर्षकहरु

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो