बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति

काठमाडौं, २ जेष्ठ : भारत र पाकिस्तानबीचको युद्धविरामपछि, भोलिदेखि आईपीएल क्रिकेटका बाँकी खेलहरू शुरू हुँदैछन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सिजनका बाँकी खेलहरूको तालिका सार्वजनिक गरिसकेको छ ।

तर, केही विदेशी खेलाडीहरूले सिजनको बाँकी खेलका लागि उपलब्ध नहुने आफ्ना फ्रेन्चाइजीहरूलाई जानकारी गराएकाले बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि टोलीहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू थप्न अनुमति दिएको छ । यदि खेल बीचमा नरोकिएको भए आईपीएलको फाइनल यही मे २५ तारिखमा हुने भनिएको थियो तर अब जुन ३ मा फाइनल खेल हुने भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा