स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

काठमाडौं, २ जेष्ठ : बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले र इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले गोल गरे ।

अङ्क तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ८५ अङ्क भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७८ अङ्क हुँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७० अङ्क रहेको छ । बार्सिलोनाले यो सिजनमा कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितिसकेको छ ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने