अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु

काठमाडौं, ९ असार :
कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ । आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन् ।

जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजको जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन् । नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन् । तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ । फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ । प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ ।

जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ । नेपाल आइपुगेपछि पनि उनीहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ । दूतावासका अनुसार नेपाली उद्धारका लागि अब दोस्रो उडान जुन २७ मा मेलबर्नबाट हुनेछ ।

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा