अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै

काठमाडौं, ७ जेष्ठ : अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा ‘गोल्डेन डोम’ नामको यो प्रणाली सञ्चालनमा आउने बताउनुभएको छ ।

गोल्डेन डोमको उद्देश्य अमेरिकामाथि हवाई आक्रमणको खतराको सामना गर्नुरहेको उहाँको भनाइ छ । यो सुरक्षा प्रणाली ब्यालिस्टिक र क्रूज मिसाइलहरूसँग पनि लड्न सक्षम हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले गोल्डेन डोमका लागि डिजाइन छनोट गरेको बताउनुभएको छ ।

अमेरिकाले यस प्रणालीका लागि २५ अर्ब डलरको बजेट छुट्याएको भए पनि सरकारले योभन्दा धेरै खर्च हुने अनुमान गरेको छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

५० वर्षपछि क्यानडाको संसद्‍मा बेलायती राजाको सम्बोधन

युद्धपोत परीक्षणका क्रममा दुर्घटना भएपछि उत्तर कोरियाका तीन जना अधिकारी पक्राउ