आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

काठमाडौं, ७ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे मैदानमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । मुम्बई र दिल्ली प्लेअफ होडमा रहेका छन् ।

मुम्बई १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो र दिल्ली समान १२ खेलमा १३ अङ्कसहित पाँचौं स्थानमा छ । शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको राेयल च्यालेन्जर्स बेङ्गलुरु र तेस्रो स्थानको पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने