आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

काठमाडौं, ७ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे मैदानमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । मुम्बई र दिल्ली प्लेअफ होडमा रहेका छन् ।

मुम्बई १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो र दिल्ली समान १२ खेलमा १३ अङ्कसहित पाँचौं स्थानमा छ । शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको राेयल च्यालेन्जर्स बेङ्गलुरु र तेस्रो स्थानको पन्जाब किङ्ग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’