प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै

काठमाडौं, ९ जेष्ठ : नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् । पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् । यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् ।

यसैगरी आज हुने पुरुष तर्फको खेलमा हेल्प नेपाल र सुदूरपश्चिम प्रदेश तथा नेपाल पुलिस क्लब र कोशी प्रदेश खेल्दै छन । त्यस्तै गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मणिमुकुन्द भलिबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

यसअघि हिजो भएको खेलमा पुरुषतर्फ पुलिस क्लब र हेल्प नेपाल तथा गण्डकी र एपीएफले विजयी शुरुवात गरेका थिए । महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफले जितेका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा