अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति खारेज

काठमाडौं, ९ जेष्ठ : अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको हो । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण विश्वकै प्रतिष्ठित मानिएको विश्वविद्यालयलाई कडा कारबाही स्वरुप यो निर्णय गरिएको बीबीसीले जनाएका छन् ।

यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न नपाउने भएको छ । यस्तै एक विश्वविद्यालयबाट अर्कोमा स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्ने भएको अमेरिकी गृह सुरक्षा विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो कदमले हार्भर्ड र ट्रम्प प्रशासनबीच केही महिनादेखि चलिरहेको द्वन्द्वलाई झनै चर्काएको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित