सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

काठमाडौं, ९ जेष्ठ :  सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको हप्ताको पहिलो दिन जेठ ४ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको थियो ।

संबन्धित शिर्षकहरु

बढ्यो सुनचाँदीको भाउ

सङ्घीय संसद्काे दुवै सदनकाे अधिवेशन भोलिदेखि अन्त्य हुने

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा कम्तीमा २०३ जनाको ज्यान गयो