प्रिमियर लिगमा आज अन्तिम चरणका खेल हुँदै

काठमाडौं, ११ जेष्ठ : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा यो सिजन सन् २०२४/०२५ का अन्तिम चरणका खेलहरू आज हुँदैछन् । लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको छ । लिभरपुलको यो २०औं प्रिमियर लिग उपाधि हो । लिगको अन्तिम ३८औं खेलमा आज १० वटा खेल हुँदैछन् ।

यी सबै खेल नेपाली समयानुसार राति पौने ९ बजे शुरू हुनेछन् । उपाधि विजेता लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्नेछ । अरू खेलमा बर्नमाउथ र लेस्टर सिटी, फुलहम र म्यानचेस्टर सिटी, उल्भ्स र ब्रेन्टफोर्ड, नटिङ्घम फरेस्ट र चेल्सी, म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला, साउथह्याम्पटन र आर्सनल, न्युक्यासल र एभर्टन, इप्स्विच टाउन र वेस्टह्याम तथा टोटनहम र ब्राइटन खेल्दैछन् ।

संबन्धित शिर्षकहरु

अर्बपति एलन मस्कले नयाँ दल गठन गर्ने : दलको नाम ‘द अमेरिका पार्टी’

फिफा क्लब विश्वकपको सेमिफाइनल समिकरण पूरा

भारत र बङ्गलादेशबीच अर्को महिना हुने भनिएको क्रिकेट शृङ्खला स्थगित