५० वर्षपछि क्यानडाको संसद्‍मा बेलायती राजाको सम्बोधन

काठमाडौं, १४ जेष्ठ : क्यानडामा ५० वर्षमा पहिलो पटक बेलायती राजाले सम्बोधन गर्नुभएको छ । बेलायती राजा चार्ल्सले क्यानडाको संसद्को उद्घाटनका क्रममा सम्बोधन गर्नुभएको हो । क्यानडाको संसद्‍मा सम्बोधन गर्दै उहाँले कुनै पनि देशसँगको सम्बन्ध अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

गएको अप्रिलमा भएको आमचुनावमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क कार्नीको नीतिलाई प्राथमिकतामा राख्दै उहाँले सम्बोधन गर्नुभएको बीबीसीले जनाएको छ । राजा चार्ल्सले सम्बोधनका क्रममा क्यानडाले अस्वाभाविक चुनौतीको सामना गरिरहेकोले देशको आवश्यकतानुसार साझेदार देशसँगको सम्बन्धमा परिवर्तन हुने कुरा बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्नीको नयाँ अर्थ नीतिको समेत प्रशंसा गर्नुभएको छ ।

कार्नीले क्यानडाको अर्थतन्त्र सुधारका लागि आउँदो जुलाईदेखि लागू हुने गरी धेरै नीति लिनुभएको छ । यसअघि सन् १९५५ मा एलिजाबेथ द्वितीयले पहिलो पटक स्वतन्त्र क्यानडामा सम्बोधन गर्नुभएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा