सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

काठमाडौं, १४ जेष्ठ : सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा