आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

काठमाडौं, १८ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो ।

उसले गुजरातलाई २० रनले हरायो । पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो । आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पर्सि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा