इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

काठमाडौं, १८ जेष्ठ : गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम प्रस्तावमा हमासले संशोधनको माग गर्दै प्रतिक्रिया दिएको छ । हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा प्यालेस्टिनी कैदीहरू मुक्त गरिने प्रस्ताव राखेको बीबीसीले जनाएको छ । हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिक फिर्ता र मानवीय सहयोगको आपूर्ति सुनिश्चित गर्नुपर्ने माग पुनः दोहाेर्‍याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीभ विटकोफले तयार पारेको मस्यौदाप्रति हमासले आफ्नो आधिकारिक उत्तर दिएको हो । विशेषदुत स्टीभ विटकोफले भने आफूले हमासको प्रतिक्रिया पाएको तर यो पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनुभएको छ । इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा इजरायलले आफ्ना बन्धकहरूको मुक्तिको लागि अद्यावधिक विटकोफ योजना स्वीकार गरिसकेको अवस्थामा हमास अझै पनि सहमतिमा आउन नसकेको बताउनुभएको खबरमा उल्लेख छ ।

हमास, जसलाई अमेरिका, बेलायत र युरोपेली सङ्घले आतङ्ककारी समूहका रूपमा सूचीवद्ध गरेका छन् । उसले गाजाबाट इजरायली फौजको पूर्णरुपमा फिर्ता र स्थायी युद्धविरामको अडान दोहाेर्‍याएको छ ।

संबन्धित शिर्षकहरु

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

इजरायली बन्धकहरु रिहा गर्ने हमासको प्रस्ताव

आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै