सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाडौं, १८ जेष्ठ : आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाकाे एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ रहेकाे थियो । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा