काठमाडौं, १८ जेष्ठ : आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाकाे एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ रहेकाे थियो । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।