काठमाडौं, २२ जेष्ठ : सुनको भाउ आज पनि हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।