नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं, २९ जेष्ठ : एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । न्यु लाओस नेसनल स्टेडियममा अस्ति मङ्गलवार भएको खेलमा नेपाललाई लाओसले २–१ गोलले हराएको थियो ।

यो हारसँगै नेपाली टोली गएराति स्वदेश फर्किएको हो । नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ’एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा