नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं, २९ जेष्ठ : एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । न्यु लाओस नेसनल स्टेडियममा अस्ति मङ्गलवार भएको खेलमा नेपाललाई लाओसले २–१ गोलले हराएको थियो ।

यो हारसँगै नेपाली टोली गएराति स्वदेश फर्किएको हो । नेपाल लाओससँगको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक पराजित भएको हो । यो हारले नेपाल तेस्रो चरणको छनोटको समूह ’एफ’ मा २ खेलमा अङ्कविहीन हुँदै पुछारमा छ । नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग पनि हारेको थियो । यो समूहमा नेपाल, लाओस, मलेशिया र भियतनाम छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस