फिफा महिला वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

काठमाडौं, २९ जेष्ठ : फिफा वरीयतामा नेपाली महिला फुटबल टोली एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झरेर १००औं स्थानमा पुगेको छ । यसअघि नेपाल ९९औं स्थानमा थियो ।

नेपालले पछिल्लो पटक थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेकोमा दुई वटैमा हार बेहोरको थियो । फिफा महिला वरीयतामा अमेरिका शीर्ष, स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा यथावत् छन् । यस्तै ब्राजिल चार स्थान सुधार गरेर चौथौ स्थानमा आइपुग्दा इङ्ग्ल्यान्ड एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ । फिफा पुरुष वरीयतामा नेपाल १७५औं स्थानमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस