नेप्से ९ अङ्कले घट्याे, साढे १२ अर्ब रुपैयाँभन्दा धेरैकाे शेयर काराेबार

काठमाडौं, २९ जेष्ठ : हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ०८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ३८ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत् र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र व्यापार समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।

आज गुँरास लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका २ करोड ८६ लाख कित्ता शेयर १२ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा