साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिप : नेपालसहित चार टोलीले मात्र खेल्ने

काठमाडौं, ३० जेष्ठ : बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।

सहभागी टोलीले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पल्ट खेल्नेछ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषणा हुनेछ । दक्षिण एशियाली खेलकुद महासङ्घले हिजो जारी गरेको ‘ड्र’ अनुसार जुलाई ११ को आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस