लोक सेवा आयोगको आज ७५ औँ वार्षिकोत्सव : यसवर्ष आयोगले हीरक महोत्सवका रूपमा मनाउँदै

काठमाडौं, १ असार : लोक सेवा आयोग स्थापनाको आज ७५औँ वार्षिकोत्सव, आयोगले यसवर्ष हीरक महोत्सवका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । आयोगले सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्दै आएको छ ।

केन्द्रीय कार्यालयसहित काठमाण्डौमा तीन र काठमाण्डौ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । हीरक महोत्सवको अवसरमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा अतिरिक्त कार्यक्रम गरिसकेको पनि आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले ‘योग्यता, स्वच्छता, निष्पक्षताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने आदर्श वाक्यका साथ तोकिएको जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । आयोगको औपचारिक स्थापना २००८ असार १ गते भएको हो । शुरुमा यसको नाम ‘पब्लिक सर्भिस कमिसन’ थियो ।

संबन्धित शिर्षकहरु

स्वस्तिक नेपाल भरतपुरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न

इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने