फिफा क्लब विश्वकप आजदेखि शुरू

काठमाडौं, १ असार : फिफा क्लब विश्वकप आजदेखि शुरू भएको छ । अमेरिकाको फ्लोरिडामा आज बिहान भएको उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

विश्व फुटबल महासङ्घ (फिफा)ले यो वर्षदेखि नयाँ ढङ्गले फिफा क्लब विश्वकप शुरु गरेको हो । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । तर यसपटकदेखि प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले अर्को चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा