इरानको मिसाइल आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङख्या ६ पुग्यो

काठमाडौं, १ असार : इरानले इजरायलमा गरेको नयाँ मिसाइल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । ५४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । इजरायली आपतकालीन सेवा संस्था मागेन डेभिड एडोमका अनुसार इरानले आज बिहानै इजरायलमा गरेको व्यालेस्टिक मिसाइल आक्रमणमा सबैभन्दा बढी ताम्रा र बाटयाम क्षेत्र प्रभावित भएका छन् ।

ताम्रामा पाँच जना र बाटयाममा एक जनाको ज्यान गएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । बाटयाममा एक आवासीय भवनमा सीधा मिसाइल प्रहार भएकोले ठूलो क्षति पुगेको खबरमा उल्लेख छ । नागरिकहरू भग्नावशेषमा फसेका छन् ।

उद्धारकर्मीले उनीहरुलाई सुरक्षित निकाल्ने प्रयास गरिरहेका छन् । यो आक्रमण गएको तीन दिनभित्र इरानले गरेको छैटौं व्यालेस्टिक मिसाइल आक्रमण हो । इरानले इजरायलका प्रमुख शहरलाई निशाना बनाएर जवाफी आक्रमण गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस