शेयर बजार लगातार चाैथाे काराेबार दिन घटेर २६ सय विन्दुमुनि झर्‍याे

भरतपुर, ८ असार : हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा झरेको छ । शेयर बजार लगातार चाैथाे काराेबार दिन घटेकाे हाे ।

आज सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर ३ दशमलव १३ प्रतिशत र जलविद्युत् समूहको शेयर २ दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ । आज प्योर इनर्जी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन जोशी हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब २३ करोडको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका २ करोड १५ लाख कित्ता शेयर ९ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा