फिफा क्लब विश्वकप फुटबलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा

काठमाडौं,, १८ असार : अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकप फुटबलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० गोलले हरायो ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्डले मोन्टेरेलाई २–१ गोलले हराएको छ । योसँगै फिफा क्लब विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । अब रियल मड्रिडले क्वार्टरफाइनलमा बोरुसिया डर्टमुन्डसँग खेल्नेछ । त्यस्तै पेरिस जेन्ट जर्मेइन (पीएसजी) र बायर्न म्युनिख, फ्लुमिनेन्स र अल–हिलाल, पाल्मीरास र चेल्सीले खेल्नेछन् ।

क्वार्टरफाइनलका खेलहरु शनिवार र आइतवार हुनेछन् । यस्तै सेमिफाइनलका खेल अर्को हप्ताको बुधवार र बिहिवार तथा फाइनल खेल असार ३० गते सोमवार हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा