युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

काठमाडौं, २२ असार : अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताउनुभएको छ । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उहाँले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ (ईयू) र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा ईयूको आयातमा कर २० प्रतिशत वा त्यो भन्दा धेरै हुनसक्ने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्झौतामा दवाव दिन ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको थियो ।

ईयूका अधिकारीहरूले आफूहरूको उद्योगमा नकारात्मक असर पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ब्रसेल्सले सैद्धान्तिक सहमति खोजिरहेको र विस्तृत विवरणका लागि थप वार्ता आवश्यक रहेको बताउनुभएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा