राष्ट्रिय खेलकुद परिषद्लाई चीनले दियो ८५ लाख रुपैयाँ बराबरको सहयोग सामग्री

काठमाडौं, ३२ असार : राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चीनको युनान प्रादेशिक खेलकुद ब्यूरोले खेल सामग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप हस्तान्तरण गरेको छ । नेपालमा रहेको चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई सामग्री हस्तान्तरण गरेकाे राखेपले जनाएकाे छ ।

झन्डै ८५ लाख रुपैयाँ बराबरका विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । डेपुटी चिफ दी मिसन वाङका अनुसार यो सहयोगले नेपाली खेलकुदको विकासमा थोरै भए पनि टेवा पुग्ने छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरू चीन सरकारद्वारा विगतमा पनि सहयोग भएकाे र आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएकाे बताएका थिए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा