चितवनको सिमलतालबाट त्रिशूली नदी किनारमा ट्रक खस्यो

काठमाडौं, ३२ असार : चितवनको भरतपुर सिमलतालबाट भारतीय नम्बर प्लेटको ट्रक त्रिशूली नदी किनारमा खसेको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मेवा बोकेर काठमाण्डौका लागि छुटेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन् ।

उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अघिल्लो वर्ष असार २८ गते चितवनको सिमलतालबाट दुई वटा बस पहिरोसँगै त्रिशूलीमा खसेका थिए । ती दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये ३९ जना यात्रु अझै भेटिएका छैनन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा