नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता

काठमाडौं, ३ साउन : नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्ने भएको छ । गृहमन्त्री रमेश लेखकले दुई देशको गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्न लागेको जानकारी दिनुभएको हो ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारी र भारतीय पक्षका पनि निकायका प्रतिनिधिको उपस्थितिमा बैठक हुन लागेको हो । बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमास्तम्भको मर्मतसम्भारलगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिनुभएको छ ।

यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्त्व रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सीमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भए पनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा