वाइसीएल नवलपुरको इन्चार्जमा नारायण पौडेल

नवलपुर, ८ साउन : नारायण पौडेल योङ कम्युनिस्ट लिङ (वाइसीएल) को इन्चार्ज भएका छन् । पौडेल नेकपा माओवादीको भातृ संगठन वाइसीएल नेपालको नवलपुर जिल्लाको इन्चार्ज भएका हुन् । समाजसेवी पौडेल चितवन औषधि व्यवसायी संघ (थोक) का महासचिव र धौलागिरी मेडिसिन ग्रुपका सञ्चालनक तथा प्रोपाइटर समेत छन् ।

वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

असार १७ र १८ गते बसेकों केन्द्रीय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित, प्रदेश इन्चार्ज, सह–इन्चार्ज र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको छ ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय