शेयर बजार ७ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, १२ साउन : हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १० अङ्कले बढेर २ हजार ९ सय ७१ दशमलव ३१ विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र व्यापार समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर, समता घरेलु लघुवित्त, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस