शेयर बजार ७ अङ्कले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं, १२ साउन : हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १० अङ्कले बढेर २ हजार ९ सय ७१ दशमलव ३१ विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, लगानी, बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र व्यापार समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर, समता घरेलु लघुवित्त, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा