वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड : सेमिफाइनलमा भारत र पाकिस्तान तथा दक्षिण अफ्रिका र अस्ट्रेलिया खेल्ने

काठमाडौं, १४ साउन : इङ्ग्ल्याण्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्डको सेमिफाइनल समिकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा भारतको टोली अर्थात् इन्डिया च्याम्पियनले वेस्ट इन्डिज च्याम्पियन्सलाई ५ विकेटले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । एक सय ४५ रनको लक्ष्य पछ्याएको भारतले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

सेमिफाइनलमा पुग्न भारतलाई १४ दशमलव १ बलमा जीत निकाल्नुपर्ने समिकरणमा थियो । त्यस्तै लेस्टरमा हिजो पाकिस्तान च्याम्पियनले लगातार चौथो जीत निकाल्ने क्रममा अस्ट्रेलिया च्याम्पियन्सलाई १० विकेटको फराकिलो अन्तरले हरायो । राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा शीर्ष ४ टोली सेमिफाइनलमा पुगे ।

६ टोलीमध्ये पाकिस्तान च्याम्पियन्स, दक्षिण अफ्रिका च्याम्पियन्स, अस्ट्रेलिया च्याम्पियन्स र इन्डिया च्याम्पियन्स सेमिफाइनलमा पुगेका हुन् । घरेलु टोली र वेस्ट इन्डिज बाहिरीएका छन् । अब पहिलो सेमिफाइनलमा इन्डिया र पाकिस्तान तथा दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया च्याम्पियन्स खेल्नेछन् ।दुवै सेमिफाइनलका खेल भोलि हुनेछन् । फाइनल अगस्ट २ तारिखमा हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा