एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज ४१ अङ्कले घट्यो, कारोबार रकम १० अर्ब पनि पुगेन

काठमाडौं, २० साउन : हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले घटेर २ हजार ८ सय ३३ दशमलव ५७ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका २ करोड २२ लाख कित्ता शेयर ९ अर्ब ३३ करोड रुपैयाँमा किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा