कीर्तिमान मूल्यबाट सामान्य घट्यो सुनको भाउ

काठमाडौं, २१ साउन : हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएकाे थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ रहेको थियो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा